यातायात कार्यालय वीरगञ्जको राजस्व सङ्कलन उत्साहजनक

मंगलबार, १८ भदौ २०८१, ०८ : ४३

काठमाडौं –लाइसेन्स वितरणमा अनियमितता भएर भ्रष्टाचारको दलदलमा फसेको भनिएको यातायात कार्यालयहरुमा अहिले राजस्व संकलन उत्साहजनक रहेको पाइएको छ ।  यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो ।


अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले बताएका छन् । कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो । सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको थियो ।

मंगलबार, १८ भदौ २०८१, ०८ : ४३

प्रतिक्रिया