राष्ट्र बैंकले गर्‍यो यस वर्ष दशैका लागि नयाँ नोट नसाट्ने निर्णय

बुधबार, १९ भदौ २०८१, १३ : ४४

काठमाडौँ - नेपाल राष्ट्र बैंकले यस वर्ष दसैं-तिहार लागि नयाँ नोट नसाट्ने  निर्णय गरेको छ । 

नयाँ नोट छाप्न खर्च बढ्दै जाँदा राष्ट्र बैंक नयाँ नोट नछाप्ने निर्णयमा पुगेको हो । नयाँ नोट नछापे पनि पुरानै पैसाको सफा नोट सटही गरिदिने केन्द्रीय बैंकले जनाएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने केन्द्रीय बैंकले जनाएको छ । नोट व्यवस्थापन, छपाईका साथै ओसारपसारलगायतका शीर्षकमा वर्षेनी १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च हुने गरेको तथ्यांक नै छ । 

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । उक्त योजना यस पटकको दशैंबाट लागू गरिने भएको हो । 

बुधबार, १९ भदौ २०८१, १३ : ४४

प्रतिक्रिया