SARFIIको नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण गभर्नर अधिकारी अध्यक्ष चयन

बुधबार, १९ भदौ २०८१, १३ : ४९

काठमाडौँ - South Asia Region Financial Inclusion Initiative (SARFIIको नेतृत्व  नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । 

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्पmबाट गभर्नर महाप्रसाद अधिकारी L SARFII को अध्यक्ष चयन भएका छन्  । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' ​​​​​​​को बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजितlht '5th SARFII Leaders Roundtable' sf qmddf SARFII को अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । 

बैठकले स्टेट बैंक अफ पाकिस्तान (SBP) लाई SARFII को उपाध्यक्ष चयन गरेको छ । यसअघि SARFII को नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए । सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न'Global Policy Forum' ​​​​​​​को बाह्रौं बैठकका क्रममा SARFII स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् । 

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहितSARFII स्थापना गरिएको थियो । 


 

बुधबार, १९ भदौ २०८१, १३ : ४९

प्रतिक्रिया