राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा योजना सार्वजनिक

बुधबार, १९ भदौ २०८१, १४ : ५४

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक कर्जा योजना ल्याएको हो । बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । 

यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ ।  उक्त कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखा सम्पर्क गर्ने सकिने बैंकले बताएको छ ।

बुधबार, १९ भदौ २०८१, १४ : ५४

प्रतिक्रिया