काठमाडौँ - युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश भुक्तानी गरिरहेका अवस्थामा शेयर अभौतिकीकरण र बैंक खाता नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ ।
कम्पनीले सूचना जारी गर्दै नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका सदस्यहरूले यथासिघ्र गराई हितग्राही खातामा बैंक खाता नम्बर समेत अद्यावधिक गराउन भनेको हो ।
शेयरधनीहरूले आफ्नो प्यान नम्बर, फोन तथा मोवाइल नम्बरसँगै आफ्नौ इमेल आईडी समेत अद्यावधिक गराउनुपर्ने जानकारी समेत कम्पनीले गरेको छ । कम्पनीले यस वर्षको १५८० प्रतिशत नगद लाभांश गत पुस ५ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।
अघिल्लो आर्थिक वर्ष ०७९\८० को मुनाफाबाट कम्पनीले उक्त लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको लाभांश भने कम्पनीले सार्वजनिक गरेको छैन् ।
प्रतिक्रिया