असोज १३ गते सालपा विकास बैंकले बोलायो साधारणसभा

आइतबार, २३ भदौ २०८१, १४ : २७

काठमाडौँ  - सालपा विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा असोज १३ गते गर्ने भएको छ ।

भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका २ स्थित शुभम् फाउन्डेसनको सभा हल खोटाङ दिक्तेलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०\८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


 

आइतबार, २३ भदौ २०८१, १४ : २७

प्रतिक्रिया