नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र बुद्ध एयरबीच सम्झौता

मंगलबार, २५ भदौ २०८१, १२ : ०६

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । 

बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो ।  सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा र छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ ५ छुट पाउनेछन् । 

सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ । 
 

मंगलबार, २५ भदौ २०८१, १२ : ०६

प्रतिक्रिया