काठमाडौँ - कुमारी बैंक लिमिटेडका सेवाग्राहीले धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
बैंक र रिर्सोटबीच सम्झौता भएसँगै कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्राप्त हुने भएको हो ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेयपदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
सो सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बताइएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया