प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

मंगलबार, २५ भदौ २०८१, १२ : ४७

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर बिक्री गर्न लागेको बताएको छ । बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने जनाइएको छ ।

बैंकले तोकेको ३५ दिनभित्र पनि बैंकका संस्थापकहरूले सो शेयरमा निवेदन नदिएको खण्डमा अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

 

मंगलबार, २५ भदौ २०८१, १२ : ४७

प्रतिक्रिया