ताजा समाचार

सरकारी कार्यालयबाट शेयर कारोबारमा प्रतिबन्ध

मंगलबार, २५ भदौ २०८१, १७ : ४२

काठमाडौँ - सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टीएमएस’ चलाउन प्रतिबन्ध लगाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाएर ‘टीएमएस’ नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कार्यालयले सबै पालिकामा ‘टीएमएस’ नचल्ने व्यवस्था गर्न पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यस्तै पत्रमा कार्यालय समयमा ‘टीएमएस’ चलाए र नचलाएको प्राविधिक रूपमै जाँच गर्न समेत आदेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार सरकारी तथा सार्वजनिक निकायमा ‘टीएमएस’ चलाउन रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।


 

मंगलबार, २५ भदौ २०८१, १७ : ४२

प्रतिक्रिया