काठमाडाैं- नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो, जापानी येन र मलेसियन रिंगिटको मूल्य बढेको छ ।
यसदिन युरो १ को खरिद दर १४८.१८ रुपियाँ र बिक्री १४८.८४ रुपियाँ रहेको छ । हिजो भने खरिद १४७.९५ र बिक्री १४८.६२ रुपियाँमा भएको थियो । त्यस्तै अघिल्लो कारोबार दिनमा जापानी येन १० बराबर नेपाली ९.३६ रुपियाँमा किन्न र ९.४१ मा बिक्री गर्न पाइन्थ्यो भने आज बढेर खरिद ९.४६ रुपियाँ र बिक्री ९.५० पुगेको छ ।
त्यसैगरी बिहीबारका लागि रिंगिट १ को खरिद ३०.९६ रुपियाँ र बिक्री ३१.१० रुपियाँ तोकिएको छ, जुन बुधबार खरिद ३०.८७ र बिक्री ३१.१० थियो ।
प्रतिक्रिया