राजश्व संकलन नहुने हो कि भन्ने कुराले चिन्तित छु : अर्थमन्त्री पौडेल

विहीबार, २७ भदौ २०८१, १२ : २६

काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लक्ष्य अनुसार राजश्व संकलन नहुने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको बताएका छन् । 

भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अहिले समग्र अर्थतन्त्र दवावमा रहेको बताउँदै सरकारले धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । 

उनले राजश्व परिचालन सन्दर्भमा कुनै कम्प्रोइज नगर्न पनि निर्देशन दिएका छ्न् । कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसको चुनौतीका बारेमा जानकारी गराएका थिए । 

यस्तै, निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्त्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित गरेको उल्लेख गर्दै त्यसको सुधार गर्नका लागि अनुरोध गरेका थिए ।
 

विहीबार, २७ भदौ २०८१, १२ : २६

प्रतिक्रिया