काठमाडौँ- अब कतारका नागरिकले पनि नेपालको ताजा तरकारी खान पाउने भएका छन्।
बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भएको ‘नेपाली ताजा तरकारी कतारमा निर्यात समारोह’मा नेपालबाट कतारमा ताजा तरकारी निर्यात गर्ने सम्झौता भएको हो।
नेपालबाट सिमी, काँक्रा, भेन्टी मुला लगायतका तरकारी निर्यात हुने छन्। तरकारी हिमालय एयरलाइन्सबाट जाने छन्। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको सहयोगमा उक्त कार्यक्रम भएको हो। कतारका लागि नेपालका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले नेपाल र कतारबीच सन् २०१८ देखि कतारमा ४ लाख नेपाली कामदार र कृषि तथा खाद्य सुरक्षा सम्झौता भएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले यसले किसानलाई जीविकोपार्जनमा फाइदा पुग्ने बताए।
दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कृषि क्रान्ति कृषिबाट मात्रै समृद्धि हुने बताए।
प्रतिक्रिया