राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई

विहीबार, २७ भदौ २०८१, १६ : २३

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरेको छ । 

बैंक व्यवस्थापन समितिको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।  बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
 

विहीबार, २७ भदौ २०८१, १६ : २३

प्रतिक्रिया