काठमाडाैं- नेप्से परिसूचक ३८ दशमलव ८३ अंक १.४२ प्रतिशतले घटेर २ हजार ६८८ दशमलव ५३ मा बन्द भएको छ । गत साता सूचक अघिल्लो साताको तुलनामा ०.८१ प्रतिशतले घटेर २ हजार ७४९.५७ मा बन्द भएको थियो ।
यो साता परिसूचक २ हजार ७६० दशमलव ४५ बिन्दुसम्म उकालो र २ हजार ६ सय १ दशमलव ९१ बिन्दुमा पुगेर १५८ दशमलव ५४ अंकको अस्थिरता देखिएको थियो । अघिल्लो साता परिसूचकले १८१ दशमलव ५२ अंकको अस्थिरता देखाएको थियो ।
बिहीबार सबैभन्दा बढी ७८ दशमलव ३२ बिन्दुले बढेर बजार उकाला लागेको थियो । कारोबार रकम ३० प्रतिशतले घटेको छ । यो साता ४१ अर्ब ८२ करोड रुपैयाँ भएको छ । अघिल्लो साता ५९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ । औसत दैनिक कारोबार ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । बजार पूँजीकरण १. ४२ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये १२ वटा समूहको सूचकमा भारी गिरावट आएको छ । लगानीगत समूहको सूचक मात्र हरियाली बनेको छ । सबैभन्दा जीवन बीमा समूहको ३.१४ समूहको सूचक घटेको छ ।
सबैभन्दा धेरै शीर्ष तीन कम्पनीहरु हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड अरुण काबेली पावर लिमिटेड र नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड क्रमशः २.१३२, २.१०१ र २.०८१ छन्। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडीसी) शीर्ष नाफामा छ। कम्पनीले २० प्रतिशतले नाफा कमाएको छ ।
प्रतिक्रिया