प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

सोमबार, ३१ भदौ २०८१, १२ : ०५

काठमाडौँ - प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सोमबार, ३१ भदौ २०८१, १२ : ०५

प्रतिक्रिया