बैंकिङ प्रणालीबाट आज पुन:५० तान्दै राष्ट्र बैंक

सोमबार, ३१ भदौ २०८१, १२ : ३७

काठमाडौं - बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएपछि आज फेरि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । 

निक्षेप बढ्दै जाँदा कर्जा माग नबढेपछि बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिने क्रम रोकिएको छैन । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन खरिदका लागि आज मध्यान्ह ३ बजे अनलाइन बिल्डिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर निर्धारण बोलकबोलकोमाध्यमबाट हुने जनाइएको छ । घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । 

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने,  बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने र निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ । 

सोमबार, ३१ भदौ २०८१, १२ : ३७

प्रतिक्रिया