दाहाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

सोमबार, ३१ भदौ २०८१, १३ : २४

काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औँ बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुने गरी चार वर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका उनले एमपीए र एमबीए गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ ।

सोमबार, ३१ भदौ २०८१, १३ : २४

प्रतिक्रिया