प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा

बुधबार, ०२ असोज २०८१, १० : २८

काठमाडौं- प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी दुवै बन्दमुखी योजना हुन् । बजारमा प्रभु सेलेक्ट फन्डको पछिल्लो मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा छ भने प्रभु स्मार्ट फन्डको मूल्य १० रुपैयाँ ४९ पैसा छ ।

बुधबार, ०२ असोज २०८१, १० : २८

प्रतिक्रिया