बुद्ध एयरले आज देखि भारतको बनारसको लागि तेस्रो उडान थप्ने

बुधबार, ०२ असोज २०८१, १३ : २०

बुद्ध एयरले आज (बुधबार) देखि भारतको बनारसको लागि तेस्रो उडान थपेको छ।

यसअघि साताको सोमबार र शुक्रबार उडान गरिरहेको बुद्धले अब सातामा तीन उडान गर्ने भएको छ। साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले जनाएको छ।  बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले बनारस, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडेज प्याकेज पनि उपलब्ध गराएको छ।

यो उडानले यात्रुलाई भारतको गया गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्नेछ। बुद्धको उडानबाट बनारस ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट बनारस सुरूवाती एकतर्फी भाडा ११ हजार तीन सय ६० रूपैयाँ छ। उडान समय काठमाडौंबाट बिहान ७:१५ तथा बनारसबाट बिहान ८:३० बजे छ।

बुधबार, ०२ असोज २०८१, १३ : २०

प्रतिक्रिया