काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका छन् ।
यस नयाँ शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ । शाखा सञ्जाल बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।
प्रतिक्रिया