काठमाडौँ - वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ ।
भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।भन्सार कार्यालयकाका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको थियो ।
गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत राजस्व संकलन भएको थियो । भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख संकलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो ।
कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजस्व संकलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन भएको थियो ।
प्रतिक्रिया