गरिमा विकास बैंकद्वारा ऋण नतिर्ने ऋणीहरूको नाम सार्वजनिक

मंगलबार, ०८ असोज २०८१, १२ : २०

काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले विभिन्न कर्जा शीर्षकमा ऋण लिएका १३ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बैंकले कर्जा तिर्न पटक–पटक मौखिक र लिखित ताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह गरेको हो । बैंकले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी दिएको छ।

साथै, समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन समेत सिफारिस गरिने बताइएको छ।

मंगलबार, ०८ असोज २०८१, १२ : २०

प्रतिक्रिया