दुई महिनामै उठ्यो ७४ अर्ब भन्सार राजश्व

मंगलबार, ०८ असोज २०८१, १३ : ३४

काठमाडौँ - चालू आर्थिक वर्ष २०८१\८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार  विभागले १ महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन गरेको हो । साउन महिनामा विभागले ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो ।

भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँले बढेर ७४ अर्ब ३१ करोड पुगेको हो । यो गत आर्थिक वर्ष २०८०\८१ को तुलनामा समेत बढी हो । गत आर्थिक वर्षको २ महिनाको अवधिमा भन्सार विभागले ६७ अर्ब ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । 

चालू वर्षको २ महिनाको अवधिमा १.०८ प्रतिशतले आयात बढेको छ । यससँगै चालू वर्षको भदौसम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । ४ अर्ब ८० करोड रुपैयाँले आयात बढ्दा भन्सार राजश्व भने ६ खर्ब ८४ अर्ब रुपैयाँले बढेको हो । 

मंगलबार, ०८ असोज २०८१, १३ : ३४

प्रतिक्रिया