काठमाडौँ - तनहुँ मालपोत कार्यालयले आर्थिक वर्ष २०८०\८१ मा रु ३६ करोड राजस्व संकलन गरेको छ ।
यो आ.व. २०७९\८० को तुलनामा छ करोडले बढी हो । गत आ.व.मा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ संकलन गरेको कार्यालयले जनाएको छ ।
सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।
प्रतिक्रिया