सानिमा बैंक रC.G Digital Pvt. Ltd. बीच सहकार्य

बुधबार, ०९ असोज २०८१, १३ : ४७

काठमाडौँ - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न C.G Digital Pvt. Ltd.मा विशेष छुटको व्यवस्था गरेको छ । 

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग -QR Scan_ मार्फत C.G Digital Pvt Ltd मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी -EMI_  मा परिणत गर्दा रु. १,००० बराबरको क्यास ब्याक * को व्यवस्था पनि गरेको छ । -* क्यास ब्याक न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान गरिनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् । 

बुधबार, ०९ असोज २०८१, १३ : ४७

प्रतिक्रिया