देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

विहीबार, १० असोज २०८१, १३ : ३३

काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ  । 

यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ । 

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ ।

<iframe src="https://drive.google.com/file/d/1RivVQmA5r1_FvXPsVsLLJnzAKj7ctLDg/preview" width="640" height="480" allow="autoplay"></iframe>

विहीबार, १० असोज २०८१, १३ : ३३

प्रतिक्रिया