College of Medical Sciences र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आइतबार, १३ असोज २०८१, १७ : २१

काठमाडौँ - भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स -College of Medical Sciences_ र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

मिति २०८१–०६–१३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा College of Medical Sciences  का तर्फबाट ब्ममष्तष्यलब िम्ष्चभअतयच डा.मनोहर प्रधान ले समझौतापत्रमा हस्ताक्षर गरेका छन्  । सम्झौता अनुसार College of Medical Sciences सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशष छुट पाउने भएका छन् ।

सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउने छन् ।  प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले College of Medical Sciences को सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

किसान बचत तथा ऋण सहकारी र सिओएमएस शिक्षण अस्पतालबीच सम्झौता

नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाका सदस्य तथा परिवारलाई कलेज अफ मेडिकल साईन्सेस ९सिओएमएस० शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २० प्रतिशत छुट हुने भएको छ । 

अस्पताल र सहकारी संस्थाबीच आज यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अस्पतालका तर्फबाट उपनिर्देशक प्रा।डा।राजेश यादव र सहकारीका अध्यक्ष भोजराज पौडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार किसान सहकारीका सदस्य र उनीहरुका परिवारलाई सिओएमएसमा उपचार गर्दा सम्पूर्ण सेवाका साथै एक्सरे, युएसजि सेवामा समेत २० प्रतिशत छुट पाउने छन् । 

औषधि, सिटी स्क्यान र एमआरआईमा भने छुट सुविधा पाउने छैनन् । यस्तै डाइबिटिज क्लिनिकमा डायविटिज (मधुमेह) को परीक्षण तथा परामर्श निःशुल्क उपलब्ध हुनेछ । यो सुविधा लिनका लागि सहकारीको परिचयपत्र र परिवारका सदस्यले नाता खुल्ने कागजात ल्याउनु पर्ने सम्झौतामा उल्लेख छ । किसान सहकारीले आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालले प्राविधिक सहयोग गर्ने छ । सम्झौता एक वर्षका लागि गरिएको अस्पतालले जनाएको छ ।

किसान बचत तथा ऋण सहकारी संस्था लि।का चितवन, नवलपुर र तनहुँमा गरी २६ वटा शाखा रहेका छन् । सहकारीमा ९० हजारभन्दा बढी शेयर सदस्यहरु र निजका परिवारका सदस्यहरु यो सम्झौताले लाभान्वित अस्पतालले जनाएको छ ।

 


 

आइतबार, १३ असोज २०८१, १७ : २१

प्रतिक्रिया