मुक्तिनाथ क्यापिटलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, १३ असोज २०८१, १७ : ५८

काठमाडौँ - मुक्तिनाथ क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सभा असोज ११ गते संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिबेदन सहितको २०८१ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०८०\८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले क्यापिटलका  सेयरधनीहरुलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व.२०८१\८२ को लेखापरिक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
 

आइतबार, १३ असोज २०८१, १७ : ५८

प्रतिक्रिया