माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज बस्दै

सोमबार, १४ असोज २०८१, ०८ : १५

काठमाडौँ- १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज सोमबार बस्दैछ। साधारणसभा नयाँबजारमा रहेको नेपा ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। अब साधारणसभाबाट पारित हुनेछ। 

सभामा आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने कम्पनीले जनाएको छ। आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ।  भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले यसअघिको वर्ष पनि १० प्रतिशत नगद लाभांश दिएको थियो।  माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँ छ। 

सोमबार, १४ असोज २०८१, ०८ : १५

प्रतिक्रिया