सिटिजन्स बैंकको बुक क्लोज मिति तय

मंगलबार, १५ असोज २०८१, १६ : ३७

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुक क्लोज मिति तय, गरेको छ ।

बैंकको असोज १४ गते सोमबार बसेको सञ्चालक समिति बैठकले असोज २९ गते बुक क्लोज मिति तय गरेको हो ।

तर, लगानीकर्ताले लाभांश हात पार्न दसै अघिनै सेयर खरिद गर्नु पर्ने हुन्छ । किनकि, असोज २४ देखि असोज २८ गतेसम्म सार्वजनिक विदा परेको छ । यसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

मंगलबार, १५ असोज २०८१, १६ : ३७

प्रतिक्रिया