काठमाडौँ- वाणिज्य बैंकहरूको आधार दर अझै घटेको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले भदौको तुलनामा असोजमा आधार दर(बेस रेट) घटाएका हुन् ।
बैंकहरूले कर्जा प्रवाह बढाउन नसकेपछि निक्षेपको ब्याजदरका साथै आधार दर पनि घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म औसत ८ प्रतिशत रहेको आधार दर भदौ महिनामा ७.९१ प्रतिशतमा झरेको थियो, जुन असोजमा झन् घटेर ७.६७ प्रतिशतमा झरेको छ । असोजमा आधार दर ०.२४ प्रतिशतले घटेको छ । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने हुन्छ । बैंकहरूले आधार दरमा अधिकतम ५ प्रतिशतसम्मको प्रिमियममा कर्जा प्रवाह गर्न सक्छन् ।
कर्जा प्रवाह बढाउन नसकेपछि बैंकहरूले न्यूनतम् ०.२५ देखि ५ प्रतिशतसम्मको प्रिमियममा कर्जा प्रवाह गरिरहेका छन् । अहिले सबैभन्दा कम बेस रेट स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत रहेको छ । त्यसपछिको सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३७ प्रतिशत रहेको छ । त्यसैगरी सबैभन्दा बढी ८.८८ प्रतिशत आधार दर रहेको छ ।
प्रतिक्रिया