काठमाडौँ - असोज १० गते देखि १२ गते सम्म देशभर भएको अविरल बर्षाको कारणले काठमाडौँ उपत्यका लगायत देशको विभिन्न भागहरुमा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि बाढीबाट पीडित एवं प्रभावित परिवारका लागि सहायता स्वरुप कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १,५०,००,०००\– (अक्षेरुपी एक करोड पचास लाख मात्र) को चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई हस्तान्तरण गरी कृषि विकास बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको छ ।
उक्त चेक कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री रामशरण पुडासैनीले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरे ।साथै उक्त हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एवं नेपाल सरकार अर्थ मन्त्रालयका सह-सचिव श्री दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ, उपमहाप्रबन्धक श्री यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख श्री सरीता दहाल र वरिष्ठ शाखा प्रमुख श्री धु्रव पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ले धन्यवाद ज्ञापन गर ।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो ।
प्रतिक्रिया