काठमाडौं - प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बैंकको तर्फबाट ३१ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले यो रकम अनपेक्षित रुपमा आएको विध्वंशकारी बाढीपहिरोबाट पीडित भएकाहरुको उद्धार, राहात तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया