राष्ट्र बैंकले बढायो वालेटमार्फत कारोबार गर्न सङ्ख्या

मंगलबार, २२ असोज २०८१, १२ : ०५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । 

दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।

सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो । यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने विभागले जनाएको छ ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् ।  इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् । 

मंगलबार, २२ असोज २०८१, १२ : ०५

प्रतिक्रिया