नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण

मंगलबार, २२ असोज २०८१, १३ : ४१

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरुलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको छ ।

बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडा भित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घर धुरिहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको हो ।
 

मंगलबार, २२ असोज २०८१, १३ : ४१

प्रतिक्रिया