बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग

मंगलबार, २२ असोज २०८१, १६ : ३२

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । 

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरmलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ । 
              

मंगलबार, २२ असोज २०८१, १६ : ३२

प्रतिक्रिया