दुई महिनामा बैंक तथा वित्तीय संस्थाले गरे ७३ अर्ब कर्जा परिचालन

मंगलबार, २९ असोज २०८१, १७ : ५१

काठमाडौं - नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब कर्जा परिचालन गरेका छन् । 

यो कर्जा परिचालन समग्र कर्जाको १.४ प्रतिशत बराबर हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.३३ अर्ब ६० करोडले बढेको थियो जुन  ०.७ प्रतिशत हो । वार्षिक विन्दुगत (अघिल्लो वर्षको भदौ मसान्तको तुलना) मा भने यो विस्तार ६।६ प्रतिशतले बढेको छ ।

यो अवधिमा बैंकहरुको निक्षेप भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ जुन कुल निक्षेपको ०.५ प्रतिशत बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड रुपैयाँले घटेको थियो । 

वार्षिक विन्दुगत आधारमा भने २०८१ भदौ मसान्तसम्मको निक्षेप विस्तार १३.८ प्रतिशत रहेको छ । 

मंगलबार, २९ असोज २०८१, १७ : ५१

प्रतिक्रिया