तीन महिनामा २ खर्ब ४८ अर्ब बढी राजस्व संकलन

विहीबार, ०१ कार्तिक २०८१, १७ : १७

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । जसअनुसार असोज महिनामा ८१ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

यसअघि भदौ मसान्तसम्म दुई महिनाको अवधिमा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो आधारमा हेर्दा यो अवधिको राजस्व सङ्कलन वृद्धि १३.३० प्रतिशत बढी हो ।

यस बीचमा सरकारले ३ खर्ब २९ अर्ब २० करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पहिलो तीन महिनामा यो लक्ष्यको १७.७ प्रतिशत बराबर हो ।

विहीबार, ०१ कार्तिक २०८१, १७ : १७

प्रतिक्रिया