सानिमा क्यापिटलले बोलायो साधारण सभा

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : १८

काठमाडौं - सानिमा क्यापिटल लिमिटेडले १२ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ ।

यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २६ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गरिएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : १८

प्रतिक्रिया