नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट

आइतबार, ०४ कार्तिक २०८१, १२ : ५४

काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’, काठमाडौं बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १०५ विषेश छुट दिने भएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट  एप ९मोबाईल बैंकिङ० मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छः https://www.nimb.com.np/personal-banking/offers

आइतबार, ०४ कार्तिक २०८१, १२ : ५४

प्रतिक्रिया