एकैदिन थपियो बैंकिङ प्रणालीमा रु. ३५ अर्ब निक्षेप

आइतबार, ०४ कार्तिक २०८१, १७ : १३

काठमाडौं - बैंकिङ प्रणालीमा एकैदिन ३५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३० गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ३५ अर्ब रुपैयाँ थपिएको छ। यो सँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन असोज २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।

असाज ३० मा वाणिज्य बैंकहरुको निक्षेप २७ अर्ब रुपैयाँले बढेर ५९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५८ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट २७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५२ खर्ब ६६ अर्ब रुपैयाँ थियो।

असोज ३० मा बैंकहरुको औसत सीडी रेसियो ७८.१४ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

आइतबार, ०४ कार्तिक २०८१, १७ : १३

प्रतिक्रिया