काठमाडौं - नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर ९झन्डै १८ अर्ब ९ करोड० रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ।
साथै, विश्व बैंकबाटै नेपाल प्रकोप प्रतिरोधी विकास नीति अन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर ९झन्डै २० अर्ब १२ करोड रुपैयाँ बराबर० सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो।
प्रतिक्रिया