माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा २५ लाख सहयोग

सोमबार, ०५ कार्तिक २०८१, १३ : ०५

काठमाडौं - माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुगोस भन्ने उद्धेश्यले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष श्री रोशन के।सी।ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

सोमबार, ०५ कार्तिक २०८१, १३ : ०५

प्रतिक्रिया