प्रधानमन्त्री ओलीलाई विपक्षी दलहरुले बुझाए ज्ञापन पत्र

सोमबार, ०५ कार्तिक २०८१, २० : ३७

काठमाडाैंँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरुले ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार साँझ बालुवाटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, रास्वपाका उपसभापति डीपी अर्याल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रभु शाहलगायतले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले बाढीपहिरोबाट प्रभावितहरुको व्यवस्थापनमा ध्यान दिन र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

सोमबार, ०५ कार्तिक २०८१, २० : ३७

प्रतिक्रिया