राष्ट्र बैंकले गर्‍यो ३ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

मंगलबार, ०६ कार्तिक २०८१, १२ : ०२

काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

बैंकको कारबाहीमा पर्ने विकास बैंकमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीहरु रिलायन्स,जानकी, गोर्खाज् र प्रोग्रेसिभ रहेका छन् । केन्द्रीय बैंकले संस्थाका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्नेमध्ये ३ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत गराएको छ  । अनिवार्य नगद मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

 बैंकका अनुसार सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले यी बैंकका संचालक र सीइओलाई सचेत गराइएको हो। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ । गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।
 

मंगलबार, ०६ कार्तिक २०८१, १२ : ०२

प्रतिक्रिया