काठमाडौँ - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट अवैध रूपमा ल्याइएका आइफोनसहितका सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको अवस्था मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन, बुकी पेपर चार बोरा, फूलका बिरुवाहरू ७० केजी रहेको छ ।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया