सत्तारुढ दलको बैठक बस्दै

बुधबार, ०७ कार्तिक २०८१, ०९ : २१

काठमाडाैँ- सत्तारुढ दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको जनाइएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । 

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने  बताइएको छ । 

बुधबार, ०७ कार्तिक २०८१, ०९ : २१

प्रतिक्रिया