आजको अर्थको सम्पादकमा शरद रिजाल नियुक्त

बुधबार, ०७ कार्तिक २०८१, १२ : ५५

काठमाडौं – फेडरल न्युज नेटवर्कद्वारा सञ्चालित आजको अर्थ डट कमको सम्पादकमा पत्रकार शरद रिजाललाई नियुक्त गरिएको छ । आजै नेटवर्कको कार्यालयमा प्रबन्ध निर्देशक सन्तोष पुडासैनीले सम्पादक रिजाललाई स्वागत गर्दै आगामी दिनमा  आजको अर्थले नेपाली पत्रकारिता जगतमा अझै प्रगति गर्ने विश्वास व्यक्त गरे । 


साथै आजैदेखि सम्पादक कमलेश डि.सी.लाई प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ । नव नियुक्त सम्पादक रिजालले पत्रकारिताको दौरानमा हालसम्म आफूले सिकेको ज्ञान, सीप र अनुभवको आधारमा सक्दो योगदान गरी आजको अर्थको स्तरवृद्धिमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा व्यवस्थापक भरत अधिकारीले नयाँ सम्पादकलाई बधाई दिदै संस्थाको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा आजको अर्थका सल्लाहकारहरुको पनि उपस्थिति रहेको थियो ।  

बुधबार, ०७ कार्तिक २०८१, १२ : ५५

प्रतिक्रिया