सम्पादकलाई चिठ्ठी

बुधबार, ०७ कार्तिक २०८१, १३ : १४

(आजको अर्थमा ‘शुशिल गौतम परिवारको ठगी धन्दा’ शीर्षकमा प्रकाशित समाचार पीडितहरुको अनुरोध र सूचनाको आधारमा प्रकाशन गरिएको हो । उक्त समाचारमा केही मानवीय कमजोरी समेत भएको महशुस गरी सुशील गौतमले पठाउनुभएको खण्डन प्रकाशित गरिएको छ, सम्पादक )

श्रीमान सम्पादक  ज्यु

आजको अर्थ


तपाइको आजको अर्थ खबरमा प्रकाशित समाचार शुशिल गौतम परिवारको ठगी धन्दा भन्ने शिर्षकमा समाचार प्रकाशित भएको छ ।  समाचारका विषयमा मेरो ध्यानाकर्षण भएको छ ।

पहिलो मैले र मेरो परिवारले हालसम्म कसैलाइ पनि दाँत क्लिनिकको आडमा बढि शुल्क लिएर ठगि गरेका छैनौं । तपाइले हामीलाइ बुझ्दै नबुझि यो समाचार बनाउनु भएछ । यसमा बडो दुःख लागेको छ । सामाचार छाप्ने जस्तो जिम्मेवार काम गैह्रजिम्मेवारी तवरले हुनु दुखद हो ।
अर्को मेरो छोरा सुरेश गौतमले ठगि गरेर फरार भनेर लेख्नु भएको रहेछ । यसमा पनि मेरो आपत्ति छ । मेरो छोरा कारोबार विगारेर फरार रहेको र हालसम्म पनि हाम्रो सम्पर्कमा छैन् । तपाइलाइ सूचना दिने रिता कँडेलले मेरो अर्को छोरा डा साजन गौतमको ह्यट्सएपमा समाचार पठाएको आधारले हेर्दा
निजले यो सूचना तपाइलाइ दिएको हुन सक्छ । रिता कँडेलले सूचना दिएको आधारमा सुशिल गौतमको सबै परिवारलाइ ठग भन्दा हाम्रो सामाजिक व्यवसायीक जीवनमा कति पनि असर पर्दैन भनेर कसरि सोच्न सकिन्छ ।

तपाइले समाचार प्रकाशन गर्दा हामीलाइ सोध्नु भएको भए राम्रो हुने थियो । रिता कँडेलसँग हामी सबै परिवारको नम्बर थियो । माग्न सक्नु हुन्थ्यो । यस्ता मिटरब्याजीका कारण हाम्रो परिवार तहसनहस भएको छ भने मैले पनि मिटर ब्याजमा उजुरी गरेको छ । रिता कँडेलको वास्तविक पाउनु पर्ने रकम ९ लाख देखिन्छ । जुन रिता कँडेल समेत भएर हामिलाई  दिएको हिसाबमा रहेको छ । ३ लाख पाउनेले ३७ लाखको चेक समेत कटाएको देखिन्छ । रिता
कँडेलसँग बारम्बार बस्न खोजेको हो । २५ लाख ३० लाख रकम देउ भनेपछि दिन नसक्ने हो । रिता कँडेलसँग प्रमाण छ भने मुद्दामा जाने ठाउँ छ । एकतर्फी समाचार प्रकाशन गरेर जीवन बर्बाद गर्ने काम जिम्मेवार मिडियाबाट हुनु दुखद कुरा हो ।

छोराको कारण म निकै तनावपूर्ण अवस्थामा रहेको थिए । रातोपाटि भन्नेले लेखेको समाचारमा उल्लेख गरेका गणेश गुरुङले रकम पाइसक्नु भएको र थप रकमको हकमा कागज गरिदिनु भएको छ भने सुरेन्द्र श्रेष्ठले पनि रकम पाइसकेका छन् । हाल रिता कँडेल बाहेक सबैले पाउनु पर्ने रकम पाएर केहि कागज समेत गरिसकेको छ । हालसम्म काठमाडौं जिल्ला अदालतमा ४ थान मुद्दा विचाराधीन रहेको र सबैमा कागज गरेर पेश समेत भइसकेको छ । तपाइले समाचारमा नाम मेरो लेख्ने, फोटो कान्छो छोरा साजन गौतमको प्रकाशित गर्नु भएको छ । यो पनि तपाइको नैतिकता भित्र पर्दैन । कसले के अपराध गरेको हो सो समेत यकिन नगरि समाचार छाप्न तपाइलाइ तपाइको आचारसंहिताले दिन्छ ? कि चर्चामा आउन तपाइ जे समाचार पनि सत्य बनाउने गर्नु भएको छ ? तपाइको समाचारले म रोगि मान्छे झन मानसिक तनावमा रहेको छु । मनमा बारम्बार मर्ने विचार बाहेक केहि आउँदैन ।

यस विषयमा मेरा दुख बेदना धेरै छन् । म पनि पिडित नै छु । कारोबार गर्दा कसैले पनि मलाइ सोधेनन तर रकम माग गर्दा सबैले मसँग पैसा मागेका हुन् । कारोबारको रकम र चेकको रकम नै आकाश पताल फरक भएपछि पनि कोइपनि अन्यायमा नपरुन भनेर मैले नै रकम फिर्ता गरेको हो ।
रिता कँडेल वा अरु जोसुकैले तपाइलाइ सुचना दिएपनि एकपल्ट हामीलाइ पनि सोध्नुहोस् ।

मेरो र मेरो परिवार पहिला देखि नै तनावमा छ । पिडितले पनि रकम एउटा दिने चेक अर्कै लैजाने गरेका कारण मेरो छोरा वहाँहरुले नै दबाब दिएका कारण हालसम्म घरमा आएको छैन् । कता छ थाहा छैन् । हाम्रो पिडा वेदनासम्झि तपाइले प्रकाशित गरेको समाचार हटाइ खण्डन प्रकाशन गरिदिन अनुरोध

निवेदक
सुशिल गौतम

बुधबार, ०७ कार्तिक २०८१, १३ : १४

प्रतिक्रिया